काबुलमा भयङ्कर बिष्फोट, कम्तिमा १५ जनाको मृत्यु

काबुलमा भयङ्कर बिष्फोट, कम्तिमा १५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुई वटा बम बिष्फोटनको घटनामा १५ जनाको ज्यान गएको छ । आज साँझ भएको उक्त घटनामा अन्य धेरै घाइते भएको बताइएको छ । मारिनेमध्ये धेरै महिला र बालबालिका छन् ।

अघिल्लो साता बिद्रोही तालिवानले राजधानी काबुल नियन्त्रणमा लिएपछिको यो नै सबैभन्दा ठूलो आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विमानस्थलमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै भएको बमबिस्फोटको घटनापछि हालसम्म भइरहेको उध्दार उडान अब थप अनिश्चित हुने आशंका बढेको छ ।

प्रत्यक्षदर्शीका अनुसार आज साँझ विमानस्थल नजिकैको भीडभाड क्षेत्रमा आत्मघाती बिस्फोट भएको हो । शरीरमा बिस्फोटक पदार्थ बोकेर आएका व्यक्ति सबैले देखिने गरी आफैँ ध्वस्त भएका थिए ।

टिप्पणीहरू