राजधानीको मुटुमा गुण्डागर्दी, महिलालाई अश्लिल शब्दको वर्षा

राजधानीको मुटुमा गुण्डागर्दी, महिलालाई अश्लिल शब्दको वर्षा

राजधानीको नक्सालमा व्यक्तिको जग्गा लिजमा लिएको र लिज सकिएपछि पनि ओगटेर भाडा उठाएको तर जग्गा नछाड्नेले उल्टै जग्गाधनी महिलामाथि अश्लिल शब्द र धम्की दिएपछि प्रहरीले पक्राउ गरेको छ ।

उर्मिला कुमारी खडकाको नक्साल स्थित जग्गा विगत १० वर्षदेखि सञ्जय श्रेष्ठले भाडामा प्रयोग गर्दै आएका थिए । उनले जग्गा भाडामा लगाएर पैसा उठाउँदै आएको बताइन्छ । लिजको समय सकिएपछि जग्गा खाली गर्न खड्काले पटक पटक अनुरोध गर्दा पनि श्रेष्ठले नमानेको र उल्टै धम्की तथा अपशब्द प्रयोग गरेको भन्ने उजुरी परेपछि प्रहरीले श्रेष्ठलाई पक्रेको हो ।

खड्काका अनुसार पछिल्लो पटक श्रेष्ठले सार्वजनिक ठाउँमा हातपात र अभद्र व्यवहारको प्रयास समेत गरेपछि प्रहरीको गुहार मागिएको हो । प्रहरीको काठमाडौं परिसरमा खड्काले जाहेरी दिएपछि संजयलाई पक्राउ गरी ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ ।

प्रहरीले सञ्जय श्रेष्ठको पृष्ठभूमि गुण्डागर्दी र जग्गामा लगानी गर्ने भन्ने रहेकाले निजबाट अन्य कोही पिडित भएमा सम्पर्क गर्न समेत सबैलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू