सरकारले हाम्रो राजनीतिक उद्धार गर्यो : लोकतान्त्रिक समाजवादी पार्टी « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

सरकारले हाम्रो राजनीतिक उद्धार गर्यो : लोकतान्त्रिक समाजवादी पार्टी

प्रकाशित मिति :  १० भाद्र २०७८, बिहीबार १९:३०


हिजो राति निर्वाचन आयोगमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि आज अपरान्ह पत्रकार सम्मेलन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वर्तमान सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर आफूहरुको उद्धार गरेको बताएको छ ।

पार्टीको कार्यकारिणी समितिको पहिलो बैठकको निर्णयबारे जानकारी गराउँदै केशव झाले भन्नुभयो, ‘आफूहरु दलविहीन भएको अवस्थामा उपयुक्त विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेको छ ।’

सरकारले सहयोग गरेको र आफूहरुले पनि सरकारलाई सहयोग गर्ने उहाँको धारणा थियो । सरकारसँगको सहकार्यको विषयमा आजको बैठकमा छलफल भए पनि कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो । त्यसबारे सरकारको औपचारिक धारणा आएपछि आवश्यक निर्णय लिने लोसपाको बैठकमा सहमति भएको बताइन्छ ।

झाले भन्नुभयो, ‘बदलिँदो परिस्थितिसँगै सरकारमा कसरी जाने भन्ने विषयमा छलफल भएको छ ।’


प्रतिक्रिया दिनुहोस !