मान्छे हिँडेर, गाँजा ट्रक चढेर गाउँबाट सहर

मान्छे हिँडेर, गाँजा ट्रक चढेर गाउँबाट सहर

मकवानपुरमा धेरै पटक सानो परिमाणको गाँजा समातिएका घटना बाहिर आएका छन् । यस पटक ठूलो परिमाणको गाँजा सहित मिनी ट्रक र ट्रक चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । ट्रकमा हालेर सहर लैजान लागिएको गाँजा एक क्विण्टलभन्दा धेरै छ ।

भदौ ८ गते साँझ ७ बजे थाहा नगरपालिका–३ स्थित सडक खण्डमा डाँडाबासबाट शिखरकोटतर्फ जाँदै गरेको ना. ७ ख ७६६४ नम्बरको मिनी ट्रकबाट १ सय ४ किलोग्राम गाँजा बरामद गरिएको हो । आठ वटा पोकामा रहेको गाँजासहित ट्रकका चालक पक्राउ परेका छन् ।

चालक मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरका ४१ वर्षीय अम्बरबहादुर घिसिङ हुन् । घटनाबारे थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालले बताउनुभयो ।

टिप्पणीहरू