नेपाल पनि एएफसी महिला एसियन कप–२०२२ मा « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

नेपाल पनि एएफसी महिला एसियन कप–२०२२ मा

प्रकाशित मिति :  १० भाद्र २०७८, बिहीबार १७:३०


उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा नेपाल पनि सहभागी हुने भएको छ । दक्षिण एसियाका प्रतियोगितामा मात्र खेल्दै आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले असोजमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारी गरेको हो ।

छनोटका लागि टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तयारी गरेको छ । तयारीमा २३ जना खेलाडीलाई समेटिएको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताएका छन् । मुख्य प्रशिक्षक फिलिप्सले घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा मौका पाएका छन् ।

नयाँ अनुहारमा मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् ।

नेपाली महिला राष्ट्रिय टोलीले छनोट खेलमा हङकङ र फिलिपिन्ससँग खेल्ने छन् । प्रतियोगिता शुरुमा नेपालमा हुने बताइएको थियो । तर कोरोना महामारीका कारण तटस्थस्थल उज्वेकिस्तानमा सारिएको हो ।

नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ गते र दोस्रो खेल हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउने मौका पाउनेछ । एसियन कप अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !