दुई जना मिलेर युवकको हत्या

दुई जना मिलेर युवकको हत्या

खोटाङमा दुई जना मिलेर एक जना ३३ वर्षीय पुरुषको हत्या गरिएको छ । गिरीराज थापाको हत्या गरेको अभियोगमा प्रहरीले २२ वर्षका नारायण थापा र १३ वर्षे किशोर छन्ले थापालाई पक्राउ गरेको छ । थापा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ काँडेका स्थायी बासिन्दा हुन् ।

हिजो दिउँसो घरबाट निस्केका गिरीराज अबेरसम्म घर नफर्किएपछि खोजतलास गरिएको थियो । सोही क्रममा घरबाट करिब २ सय मिटर टाढाको बारीमा उनी मृत अवस्थामा फेला परेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उनीहरुले गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुलेको छ । अभियुक्त नारायण थापा मृतककै भाइ हुन् ।

टिप्पणीहरू