जनवादी गायक जेबी टुहुरे बित्नुभयो

जनवादी गायक जेबी टुहुरे बित्नुभयो

“बसाइँ हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ,लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ” यसरी पन्चायत कालमा जनताका मन,मुटु छुने गीत गाउँदै गाउँ वस्ती डुल्ने जनकलाकार जेबी टुहुरे अर्थात जुठबहादुर खड्गी भौतिक रुपमा अब हामीवीच रहनुभएन ।

-जनवादी गायक तथा जनसांस्कृतिक महासंघ नेपालका संरक्षक जेबी टुहुरेको आज बल्खूस्थित बयोधा अस्पतालमा निधन भएको छ । उहाँ संविधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरिर अन्तिम श्रध्दाञ्जलीको निम्ति अहिले साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय, पेरिसडाँडामा र ३ बजेदेखि ४ बजेसम्म पशुपति आर्यघाटमा राखिने बताइएको छ ।

भदौ १ गते मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय टुहरेका धेरै वटा मर्मस्पर्शी जनवादी गीतमध्ये ‘आमा दिदीबैनी हो कति बस्छौ दासी भै सुखको सधैं प्यासी बनेर’ निकै चर्चित छ ।

टिप्पणीहरू