मध्यराती जन्मियो नयाँ कम्युनिस्ट पार्टी

मध्यराती जन्मियो नयाँ कम्युनिस्ट पार्टी

निर्वाचन आयोगले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई दर्ता गरेको छ । एमालेबाट अलग भएर दर्ताको प्रक्रियामा रहेको दललाई भर्खरै आयोगले दर्ता गरेको जानकारी दिएको हो ।

त्यसैगरी आजै जनता समाजवादी पार्टीबाट टुक्रिएर मान्यताको लागि आयोग पुगेको जसपा लोकतान्त्रिकलाई पनि दर्ता भएको छ ।

आज दिउँसो दुबै दलका सभासद तथा केन्द्रीय सदस्यहरुको दस्तखत सनाखत गरेको आयोगले साँझ दर्ता भएको औपचारिक जानकारी दिएको हो । अब एमाले र जससा दुबै दल औपचारिक रुपमा विभक्त भएर नयाँ पार्टी दर्ता भएका छन् । जनआस्थाले राती नौ बजे आसपास नयाँ पार्टीले मान्यता पाउने खबर दिएको थियो ।

टिप्पणीहरू