काभ्रेको चौरीदेउरालीमा अक्सिजन प्लाण्ट राखिने

काभ्रेको चौरीदेउरालीमा अक्सिजन प्लाण्ट राखिने

काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकाले अक्सिजन प्लाण्ट निर्माण गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहरसँगै पालिकाको प्रत्यक्ष सहभागितामा जनस्तरबाटै अक्सिजन प्लाण्ट निर्माणका लागि आर्थिक संकलन समेत शुरु गरिएको थियो ।

जनस्तरबाट निर्माण हुन लागेको प्लाण्टकालागि पालिकाका स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट ७० लाख रुपैयाँ संकलन भएको पालिकाका अध्यक्ष दिननाथ गौतमले बताउनुभएको छ ।

दैनिक ३० सिलिण्डर क्षमताको प्लाण्ट स्थापनाको निम्ति एक करोड चालिस लाख रुपैयाँको लागत अनुमान गरिएको छ । आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरि टेण्डर आह्वान गरिएको बताइएको छ । टेण्डर भदौ २० मा खोलिने छ ।

हाल पालिकाभित्र ४ वटा अस्पताल सञ्चालनमा छन् । जसमध्ये पालिकाले १८ बेड क्षमताको आईसोलेसन वार्ड सञ्चालन गरेको छ । जहाँ दैनिक ३० देखि ४० जनासम्मको उपचार हुने गरेको छ । हालसम्म २ सय ५० जनाभन्दा बढी संक्रमितको सफल उपचार भएको पनि अध्यक्ष गौतमले जानकारी दिनुभएको छ ।

जनस्तरबाट निर्माण हुन लागेको प्लाण्टको लागि आर्थिक सहयोग गर्न चाहनेहरुका लागि पालिकाको ग ५ .१ विविध कोषको एनसीसी बैकको खाता नम्बर (१४४०००००२६३०१) मा सहयोग गर्न सकिने बताइएको छ ।

टिप्पणीहरू