​आम्दानी भने पूरै ओरालो

यो चुनावमा स्वाभाविक रुपमै तुल, ब्यानर, झण्डा बनाउन प्रयोग हुने कपडाको आयात त पक्कै बढ्यो । किनभन त्यस्तो कपडा हाम्रो देशमा उत्पादन हुँदैन । उम्मेदवार र विजयी कार्यकर्ता अनि जनतालाई छल्न आखिर पनि पक्कै भित्रियो । हामी सहज अनुमान लगाउन सक्छौं त्यो निकै ठूलो मात्रामा हुनुपर्छ । त्यसबापत पक्कै पनि ठूलै अंकमा राजश्व संकलन भयो होला भन्ने जो कोहीले भन्छ, सोच्छ ।

सबै दलका कार्यकर्ता गाउँ गएका छन् । प्रचार भएको छ । पैसा बाँडिएको छ, समाज चलायमान देखिएको छ । बिहान ५ बजेदेखिनै चियाको बिक्री बढेको छ । सवारी साधन धेरै चलेका छन् । भट्टी पसलहरु समेत चम्किएका छन् । यसको अर्थ चियाको रङ, सवारी साधनका पार्टपूर्जा, रक्सीको समेत आयात बढ्नु प¥यो । चिनीको खपत हेर्दा ठूलो परिणाममा आयात भएको अनुमान गर्न सकिन्छ । यसले पनि पक्कै राजश्व बृद्धिमा योगदान ग¥यो होला । तर तथ्यांकनले राजश्वमा बृद्धि होइन गतवर्ष र अघिल्लो महिनाको तुलनामा समेत हेर्दा वैशाखमा १० प्रतिशत कम राजश्व संकलन भएको देखियो । यसको अर्थ हो, भन्सार छलेर सामान भिœयाउने प्रवृत्ति बढ्यो ।

मुख्यनाका भैरहवा हो जहाँबाट यस्ता सामग्री भित्रिन्छन् । तर त्यहाँ माओवादीका कर्मचारी नेता भूपाल शाक्य पुगेका छन् । उनले त्यहाँबाट ट्रककाट्रक सामान भन्सार सेटिङमा छोडिदिने र यता राजश्व अनुसन्धान विभागले वास्ता नगर्ने काम भयो । भारतीय सामान ओहिरिए, भित्रिए, तर राजश्व उठेन । यस्तो हुनुको मुख्य कारणचाहिँ ढुवानीकर्ताहरुलाई तीन महिनासम्म कुनै दुःख नदिने शर्तसहित यसअघिनै चाहिँदो चुनाव खर्च असुल गरिनु हो । अब झन् दोस्रो चरणको चुनावमा भारतीय नम्बर प्लेटका गाडीहरु अस्थायी पास मार्फत् भित्रिने पक्का छ । यसबीच, पैसा र चहलपहल त बढ्यो बजारमा तर राज्य कोष बृद्धि खोई ? यतातिर कसले, कहिले ध्यान दिने ?

टिप्पणीहरू