झलनाथको पनि सनाखत सम्पन्न,राति ९ बजेपछि बल्ल परिणाम आउने

झलनाथको पनि सनाखत सम्पन्न,राति ९ बजेपछि बल्ल परिणाम आउने

निर्वाचन आयोगमा आज भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिकको सनाखतको अन्तिम कार्य भइरहेको छ । साँझ ६ बजेसम्म दिल्लीबाट प्राप्त पूर्वएमालेका वरिष्ठ नेता तथा सांसद झलनाथ खनालको दस्तखत पनि सनाखत भएको छ ।

अन्य सबैको सनाखतको विवरणसहित आयोगले राति ९ बजे अगावै प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ ।

सँघीय सँसदतर्फ माया ज्ञवाली,शारदा भट्ट,सोमप्रसाद पाण्डेसहित एमालेका अरु तीन जना सांसद र प्रदेशसभातर्फ एक जना केन्द्रीय सदस्यले हिजो दिएको निवेदनको सम्बन्धमा पनि आयोगले थप छलफल र निर्णय गर्ने बुझिएको छ ।

टिप्पणीहरू