कोरोनाबाट ४४ को मृत्यु, २ हजार बढीमा संक्रमण

कोरोनाबाट ४४ को मृत्यु, २ हजार बढीमा संक्रमण

कोरोनाबाट मुलुकभर ४४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टी भएकाे हाे ।

पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ११ जनामा पीसीआर तथा ५ हजार ५ सय ७९ जनामा एन्टिजेन गरी १५ हजार २ सय ९० जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरी आज १ हजार ७ सय ८१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकभर ३२ हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू