भागै नलिई माननीय भ्याइन्छ ?

एकातिर संविधान संशोधनको अडान, अर्काेतिर स्थानीय तहको निर्वाचनमा भाग नलिए माोहन वैद्य माओवादीकै हविगत हुने चिन्ता ! यही दोहोरो चिन्ताका कारण अहिले मधेसी नेताहरु छट्पटीमा छन् । डिपिसी ढलान नभई माथिल्लो तला थप्ने कसरी ? स्थानीय तहमा आफ्नै प्रतिनीधि रहेनन भने भोलि प्रदेश र संसदीय निर्वाचनमा कसरी माननीय बन्ने ? 

राजपामा रोदन 

यस्तै चिन्ताले छट्पटिरहेका राजपानेता राजेन्द्र महतोलाई लामो समयको अन्तरालपछाडि सोमवार बिहान साढे आठ बजे उपेन्द्र यादवले सिरहाबाट फोन सम्पर्क गरेका छन् । झण्डै आधा घण्टाको संवादमा उपेन्द्र चुनावको भन्दा अरु कुरै गरेनन् । राजेन्द्र महतोले संघर्षको संघर्ष भनिरहे । 

राजेन्द्रले मिलनका लागि प्रस्ताव गर्दै भने ‘के ग¥या उपेन्द्रजी, इस्यु अलपत्र छाडेर !’ उपेन्द्रले अर्को बाटो सम्हाल्दा मधेशको इस्यु कमजोर भएको  भन्दै राजेन्द्रले चिन्ता पोखे । ‘हेर्नुस् तपाईं र म जुद्धा दुवैलाई हानी हुने हो । आउनुहोस्, सात दल एकैठाउँ बनौं, तपाईंलाई मधेसी जनताले माफ गर्छन्’ उपेन्द्रले काठमाडौं फर्किएपछि  भेट्ने वचन दिए । 

यता यी दुईबीच यसरी भलाकुसारी भएकै दिन महेन्द्र यादव र शरदसिंह भण्डारी राजपाको बैठक बहिष्कार गरेर हिँडेका छन् ।  तमलोपा पार्टी  कार्यलय बबरमहलमा बसेको बैठकले महेन्द्र र शरदसिंह उपेन्द्र यादवबाटै निर्देशित भएको निश्कर्ष निकालेको छ । बैठकले हिजो नै आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी थियो । पूर्व सूचना पाएका शरदसिंह बिहानै महोत्तरीतिर उडे विवाहमा जानु छ भन्दै । उता, महेन्द्रराय यादव दिनभर स्थानीय विकास मन्त्रालयमै टहलिए । उनले पनि निहुँ भेट्टाए  स्थानीय तहको संरचना बढाउने विषयमा बैठक भएको । यी दुई अध्यक्ष अनुपस्थित रहेसँगै दिँउसो एक बजेका लागि तय भएको बैठक साँढे तीन बजे शुरु भयो र विना निश्कर्ष टुंगियो । 

गच्छदारकोमा गञ्जागोल

सेक्सोलोजिष्ट डा. सुवोध पोखरेले गच्छदारबाट राज्यमन्त्रीको आश्वासन पाएका रहेछन् । तर, उनी कोटामा परेनन् बरु हालै आयातित यशोदाकुमारी लामाले राज्यमन्त्री पड्काइन् । आशा चतुर्वेदीहरुलाई बेवास्ता गर्दै यशोदालाई मन्त्री बनाइएसँगै उनले सामाजिक सञ्जालमा रोइलो मच्चाइन् । स्रोतकाअनुसार बाबुराम पोखरेलले समेत गच्छदारसँग राज्यमन्त्री भए पनि बनाइदिन आग्रह गरेका थिए । श्वास–प्रश्वासको समस्याले थलिएका र उपचाररत पोखरेलले आफ्नो अन्तिम इच्छा पूरा गराइदिन अनुनय विनय गरे पनि गच्छदारले उनको रोदन सुनेनन् । बरु यशोदा र गोपाल दहितहरु हावी हुन थालेसँगै आशा चतुर्वेदी,योगेन्द्र चौधरी, सुवोध पोखरेलहरु झैँ दिल दुखाउनेको संख्या बढ्दो छ । 

उपेन्द्रलाई आपत  

एकातिर मसाल चिन्ह बाबुराम भट्टराईलाई दिएको रसंगठन नै नभएको पहाडतिर चुनावमा भाग लिएर पत्तासाफ भएको भन्दै उपेन्द्र यादवको पार्टीमा रुष्ट हुनेको संख्या उस्तै छ । राजेन्द्र श्रेष्ठको इशाराअनुसार मात्र चल्ने गरेको, छलफल, एजेण्डाविना मनखुशी गर्न थालेको भन्दै उपेन्द्रसँग लालबाबु राउत, वीरेन्द्र यादवहरु रुष्ट बन्ना पुगेका छन् । 

चुनावको चुरो  

राजपाले भाग लियो भने तराईमा कसको भोट काटिन्छ ? स्पस्ट छ काठमाडौंमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापा मैदानमा उत्रदा उद्योग मन्त्री नविन्द्रराज जोशीका भाइ राजुराजको जुन नियती छ तराईमा समेत काँग्रेसको त्यही हुने मधेसी नेताहरुको टिप्पणी छ । पहिलो चरणको ३४ जिल्लामा एमाले पहिलो पार्टीको रुपमा उदाउँदा राजपाले भाग लिएको खण्डमा आफ्नै मत काटिने र लेफ्टिष्टहरुलाई फाइदा हुने भयमा छन् काँग्रेस नेताहरु । 
यसकै प्रभाव हुनुपर्दछ राजेन्द्र महतोको यो अभिव्यक्ति । सोमवार मध्यराति २३ गाउँपालिका र दुई महानगरपालिका थपिँदासमेत दिल खुस छैन । मंगलवार बिहान जनआस्थासँग भने ‘हामीले भीख मागेको होइन, सरकार तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छुको नौटंकी गर्दैछ ।’ उनले संर्घषको विकल्प नभएको दोहो¥याउँदै  स्थानीय तहको निर्वाचनमा भाग लिने÷नलिने विषय बुधवार बस्ने बैठकले टुंग्याउने बताए । 

टिप्पणीहरू