२० को अध्यादेश,माधव नेपालसङ्ग २७ प्रतिशत

२० को अध्यादेश,माधव नेपालसङ्ग २७ प्रतिशत

नयाँ दल दर्ताको क्रममा आज निर्वाचन आयोग पुगेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिकका सांसद र तथा केन्द्रीय सदस्यको दस्तखत सनाखतको काम अन्तिम चरणमा पुगेको छ ।

केही बेर अघिसम्म एकीकृत समाजवादीको केन्द्रीय सदस्यतर्फ २७ दशमलव ६० प्रतिशत कायम भएको छ भने सांसदतर्फ १८.८३ प्रतिशत पुगेको छ । जबकि हिजोमात्र सोम पाण्डे,शारदा भट्ट,झलनाथ खनाल,माया ज्ञवाली सहित चार जना सँघीय सांसद र प्रदेश सभाका राजन राईले आज नयाँ पार्टी दर्ताको क्रममा आफूहरुको दस्तखत पनि सनाखत गरिपाऊँ भनेर निवेदन दिनुभएको थियो । त्योसमेत जोड्दा २० प्रतिशत नाघ्छ । तर आयोगले छुट्टै आएको निवेदन कानुनविपरित भएको अर्थ लगाउँदै उहाँहरुको निवेदनलाई अस्वीकार गरेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार अहिलेसम्म एकीकृत समाजवादीको निम्ति पुरानो एमालेका २ सय ३ जना केन्द्रीय सदस्यमध्ये ५४ जनाले सनाखत गरिसक्नुभएको छ । अब एक जना भाष्कर काफ्ले मात्र त्यहाँ पुग्न बाँकी रहेको बताइएको छ । हिजो निवेदन दिनुभएका राजन राईको सनाखत गर्न नमिल्ने भनिएको छ ।

त्यसैगरी सांसदतर्फ कूल १ सय ५४ जनामध्ये २९ जनाको सनाखत भएको छ । माननीय सोमप्रसाद पाण्डे,माया ज्ञवाली न्यौपाने र शारदादेवी भट्टको निवेदन अस्वीकार गरिएकाले २० प्रतिशत नपुगेको हो ।

उता जनता समाजवादी पार्टीबाट फुटेर बनेको समाजवादी लोकतान्त्रिक पार्टीको निम्ति आयोगले संघीय संसदका १४ जना माननीय र केन्द्रीय सदस्यहरु १७ जनाको नाम सनाखत गरेको छ ।

जसपाको संघीय संसदमा ३२ जना सांसद रहेकोमा कायम हुन आएका १४ जना संसदको हस्ताक्षर ४३ दशमलव ७५ प्रतिशत देखिन्छ । त्यसैगरी,केन्द्रीय कार्यसमितिमा रहेका ५१ जनामध्ये १६ जनाले सनाखत गरेकाले उक्त संख्या ३१ दशमलव ३७ प्रतिशत कायम हुन आएको हो ।

केन्द्रीय सदस्य रेशम चौधरी हाल जेलमा रहेकाले सनाखत गर्न बाँकी रहेको स्रोतले बताएको छ ।

टिप्पणीहरू