जसपाको दुई समूह कता,के गर्दै ?

जसपाको दुई समूह कता,के गर्दै ?

जनता समाजवादी पार्टी नेपाल (जसपा) को दुई समूह आ–आफ्नो संगठन बिस्तारमा जुटेका छन् । मूल पार्टी जसपा नेपालको केन्द्रीय समितिले आज काठमाडौंमा संगठन विस्तारको निम्ति अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

नयाँबजारको खुशिबुमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतले विभिन्न जिल्लाबाट आएका झण्डै ३ सय जना कार्यकतालाई प्रशिक्षण दिँदै हुनुहुन्छ । कार्यक्रममा नेताहरु राजेन्द्र श्रेष्ठ,राजकिशोर यादव, हिसिला यमी,आङकाजी शेर्पालगायतको उपस्थिति छ ।

उता पार्टीबाट अलग भएको जसपा नेपाल लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुले भने नयाँ दल दर्ता प्रक्रिया पूरा गरेका छन् । निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गरेर ठाकुरलगायत नेताहरु राजेन्द्र महतो,लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी,केशव झा,चन्दा चौधरीसहित १४ जना सांसद र १७ जना केन्द्रीय सदस्यले दस्तखत सनाखत गरेका हुन् ।

टिप्पणीहरू