नागरिक उड्डयन प्राधिकरणको ताला खुल्यो

नागरिक उड्डयन प्राधिकरणको ताला खुल्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको कार्यकक्षमा लगाइएको ताला खुलेको छ । पोखरेलको कार्यकक्षमा साउन २८ गतेदेखि लगाइएको तालाबन्दी हिजो साँझ खुलाइएको हो ।

कर्मचारीले विभिन्न माग राखेर तालाबन्दी गरेका थिए । हिजो साँझ महानिर्देशक पोखरेलले प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मीनप्रसाद खनाल,मधेस तराई कर्मचारी युनियनका अनिलकुमार गुप्ता, लोकतान्त्रिक कर्मचारी संघका लक्ष्मणकुमार गिरी, राष्ट्रिय कर्मचारी युनियनका नन्दप्रसाद तिमिल्सिना, नेपाल राष्ट्रिय कर्मचारी संगठनका श्रवणकुमार यादवलगायतबीच सहमतिपत्रमा हस्ताक्षर गराएपछि ताला खोलिएको बताइएको छ ।

त्यहाँका कर्मचारीहरुले सरकारले प्राधिकरणलाई नियमनकारी निकाय र अपरेशनमा विभाजन गर्न खोहेकोको म खोजेको भन्दै अध्यादेशको बिरोधमा आन्दोलन गर्दै आएका छन् ।

टिप्पणीहरू