नेपाली सेनाले फेरि बख्तरबन्द गाडी ब्यारेकबाट निकाल्ने

नेपाली सेनाले फेरि बख्तरबन्द गाडी ब्यारेकबाट निकाल्ने

नेपाली सेनाले काठमाडौंको सीतापाइलामा तैनाथ गण तथा इटहरी,महोत्तरी,मकवानपुर,तनहुँ, बुटवल,नेपालगञ्ज र धनगढीमा तैनाथ गुल्महरुको विभिन्न मितिमा पुनः अभ्यास सञ्चालन हुने जानकारी दिएको छ ।

सेनाका मेकानाइज्ड युनिटहरुबाट बख्तरबन्द गाडीहरु आर्मर्ड पर्सनल क्यारियर (एपीसी) र माइन प्रोटेक्टिभ भेहिकल (एमपीभी) मा सकलदर्जाहरुको ड्राइभिङ क्षमता अभिबृध्दि गर्न अभ्यासहरु हुँदै आएको छ ।

ती गाडीहरुको अपरेसनल रेडिनेसलाई कायम राख्न स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा आवश्यकताअनुसार ड्राइभिङ अभ्यास सञ्चालन गरिने पनि सेनाले जानकारी दिएको छ ।

टिप्पणीहरू