चाक्सीबारीमा देउवा इतरको छलफल

चाक्सीबारीमा देउवा इतरको छलफल

नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा इतर समूहले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबारे छलफल थालेको छ । ठमेलको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा छलफल चलाइएको हो ।

आज बिहानदेखि शुरु भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको बताइन्छ ।

छलफलमा मिलेन्द्र रिजाल, बलबहादुर केसी,शेखर कोइराला, सशांक कोइरालालगायत ६० जनाभन्दा बढी नेताको उपस्थिति रहेको काँग्रेस स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू