बहादुर भवनमा नयाँ दल दर्ताको रौनक (फाेटाे फिचर) « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

बहादुर भवनमा नयाँ दल दर्ताको रौनक (फाेटाे फिचर)

प्रकाशित मिति :  ९ भाद्र २०७८, बुधबार १२:५१


कान्तिपथस्थित निर्वाचन आयोगमा नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ताको रौनक देखिएको छ । एमालेबाट अलग भएर नयाँ दल दर्ताको लागि अहिले आयोगमा उक्त पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको सनाखत कार्य शुरु भएको छ ।

एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको भीड आयोग परिसरमा निकै बढेको छ । तीन दिनसम्म चन्द्रागिरीमा भएको केन्द्रीय समितिको बैठकपछि एकीकृत समाजवादीका नेताहरु केही बेरअघि सोझै बहादुर भवन आइपुग्नुभएको हो ।यसैबीच जनता समाजवादी पार्टी लोकतान्त्रिकको पनि अहिले नै सनाखत कार्यक्रम रहेको छ । जसपा लोकतान्त्रिकका नेता तथा कार्यकर्ताको पनि आयोगमा चहलपहल देखिन्छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !