ओलीका चार सांसद माधवतिर,अष्टलक्ष्मीका मन्त्री पनि चन्द्रागिरी पुगे

ओलीका चार सांसद माधवतिर,अष्टलक्ष्मीका मन्त्री पनि चन्द्रागिरी पुगे

माधव नेपाल समूहमा रहेका स्थायी कमिटीका १० जना नेता केपी ओली पक्षमा लागेकै दिन एमालेका पाँच जना सांसद एकीकृत समाजवादी पार्टीतिर खुलेका छन् ।

गत बुधबार राती अष्टलक्ष्मी शाक्यसङ्गै बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रीमा शपथ खाएका कृष्ण खनालसमेत हेटौंडाबाट आएर अहिले सोझै चन्द्रागिरी हिल्स पुगेका छन् ।

त्यस्तै, पाल्पाका निर्वाचित सांसद सोमप्रसाद पाण्डे,जननेता मदन भण्डारीसङ्गै ०५० साल जेठ ३ गते दासढुङ्गामा दिवङ्गत संगठन बिभाग प्रमुख जीवराज आश्रितकी पत्नी तथा समानुपातिक सांसद माया ज्ञवाली,खोटाङ्गबाट प्रदेशसभा सदस्य राजन राई र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट आज एकीकृत समाजवादीमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका हुन् ।

भोलि हुने हस्ताक्षर सनाखतमा नाम लेखाउन आज दिउँसो उनीहरु निर्वाचन आयोग गएका थिए । आयोगले भने दल दर्ताका लागि यसअघि निवेदन दर्ता भैसकेकाले अर्को निवेदन लिन नमिल्ने बताएको थियो ।

पाँचै जना सांसद अहिले चन्द्रागिरी रिसोर्टमा जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा सहभागी छन् ।

टिप्पणीहरू