नेकपा एकीकृत समाजवादीको रोजाइमा कस्तो मन्त्रालय ?

नेकपा एकीकृत समाजवादीको रोजाइमा कस्तो मन्त्रालय ?

भोलि निर्वाचन आयोगमा पार्टी दर्ताको निम्ति अन्तिम तयारीमा रहेको नेकपा एकीकृत समाजवादीले लगत्तै ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएको छ । गठबन्धनमा रहेका सबै दललाई औसतमा ६ वटा मन्त्रालयको भाग लगाउने तरिकाले छलफल अघि बढेको हो ।

कस्तो मन्त्रालय सम्हाल्ने योजना बनाउनुभएको छ भनेर जनआस्थाले सोधेको जिज्ञासामा सो पार्टीका एकजना प्रभावशाली नेताले भन्नुभयो, ‘गतिविधि धेरै हुने र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय रोज्छौं । भौतिक योजना, शहरी विकास टाइपका मन्त्रालय हाम्रो रोजाइमा पर्नेछन् । किनभने अर्थ,ऊर्जा र गृहको जिम्मेवारी यसअघि गठबन्धनका अरु दलमा गइसकेको छ । नयाँ दल भएकाले जनपरिचालन गर्न सकिने खालका मन्त्रालय रोज्नु उपयुक्त हुनेछ ।’

पार्टी विभाजनपछि क्याबिनेटमा हुने प्रतिनिधित्वको लागि विभिन्न नेताले नेतृत्वको इच्छा राख्नुभएको बताइन्छ । यसबीच पार्टी विभाजनको निम्ति निर्वाचन आयोगमा पेश गरिएका कागजातमा दस्तखत नगरेका नेताले समेत त्यसतर्फ चासो दिएपछि सबैजना सशंकित बनेका हुन् ।

यसबीच निर्वाचन आयोगले नयाँ दल दर्तामा देखाएको तदारुकतालाई अधिकांशले सह्राहना गरेको पाइन्छ । सम्भवतः अघिल्लो पटक उसले गरेको गल्ति महसुस भएपछि अहिले फास्ट ट्रयाकमा काम गरेको बताइन्छ । सम्भवतः ओली नै प्रधानमन्त्री रहनुभएको भए आयोगले यस्तो तदारुकता नदेखाउने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

टिप्पणीहरू