वीरगञ्जबाट ल्याइएको लागुऔषध हेटौंडामा जफत

वीरगञ्जबाट ल्याइएको लागुऔषध हेटौंडामा जफत

वीरगञ्जदेखि बोकेर बिक्रीको लागि ल्याइएका लागुऔषध हेटौंडामा फेला गरेको छ । हेटौंडा उपमहानगरपालिका–१०, हेटौंडा बसपार्कबाट ९ थान फेनारगन, ९ थान डाईजेपाम र ९ थान नुर्फिनसहित प्रहरीले दुई जनालाई आज दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चितवन रत्ननगर नगरपालिका–१० बस्ने ३२ वर्षीय दमन थापा र सोही नगरपालिका–७ बस्ने ३० वर्षीय विनोद चौधरी हुन् । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरको प्रदेश ना ५ ख ३९४३ नम्बरको बसलाई प्रहरीले जाँच गर्नेक्रममा उनीहरुबाट उक्त लागुऔषध फेला परेको हो ।

धनुषामा बाबु र श्रीमतीको हत्या गरि खाल्डोमा पुरियो

धनुषामा एक जना अधबैंशेले आफ्ना बाबु र श्रीमतीको हत्या गरेर घर नजिकैको खाल्डोमा पुरेका छन् । सोही अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

५५ वर्षका पिता रामवृक्ष मण्डल र ३० वर्षीया श्रीमती अमृताकुमारी मण्डलको हत्या गरेको अभियोगमा मिथिलाबिहारी नगरपालिका–५, ललिया बस्ने ३५ वर्षीय भागेश्वरकुमार मण्डललाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

भागेश्वरले गएराति कोदालो, लाठी र डोरीको सहायताले उनीहरुको हत्या गरेका थिए । हत्यापछि शवलाई घरबाट करिब १ सय मिटर टाढाको आँपको बगैँचामा खाल्डो खनेर पुरेका थिए ।

त्यसमाथि घिरौलाको लहराले छोपेको अवस्थामा उनको कर्तुत देखिएको प्रहरीले बताएको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ भने, मृतकको पोष्टमार्टमको लागि शव अस्पताल लगिएको छ ।

टिप्पणीहरू