चन्द्रागिरीका नेतालाई दिल्लीबाट झलनाथ खनालको भिडियो सम्बोधन

चन्द्रागिरीका नेतालाई दिल्लीबाट झलनाथ खनालको भिडियो सम्बोधन

प्रस्तावित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई पूर्वप्रधानमन्त्री तथा सो पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भर्चुअल सम्बोधन गर्नुभएको छ । स्वास्थ्य उपचारका लागि भारतको दिल्लीमा रहनुभएका खनालले बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीकै कारण पार्टी विभाजनको स्थिति बनेको बताउनुभएको छ ।

ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवादमा धकेलेकाले विभाजनको अवस्था बनेको उहाँको भनाइ छ । साथै आफ्नो समूहमा रहेर हाल ओली पक्षमा गएका नेताहरुलाई खनालले मध्यपन्थी अवसरवादीको संज्ञा दिँदै उनीहरुले केपी ओलीसामु आत्मसमर्पण गरेको पनि बताउनुभयो ।

उहाँले एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउन गरेको अन्तरसंघर्षमा ओली नसच्चिएपछि विद्रोह अनिवार्य बनेको पनि प्रष्ट पार्नुभयो । खनालले अहिले सम्बोधन गरिरहनु भएको छ ।

टिप्पणीहरू