​चुस्नेहरूको यस्तो चेहरा

आफूनिकट पदाधिकारी राखी एकछत्र करोडांै कुम्ल्याइरहेका छन् नाममात्रका उद्योगी व्यापारीहरूले । कमलपोखरीस्थित नेपाल–चीन उद्योग वाणिज्य संघमा १३–१४ वर्षदेखि एकै व्यक्ति अध्यक्ष छन् । जबकि दुई वर्षे कार्यकालको विधानमा व्यवस्था छ । संघमा नाममात्रको पदाधिकारी तोएिको छ, जसको कुनै हैसियत छैन । राजाको शासकालमा समेत मन्त्री भएका राजेशकाजी श्रेष्ठ चेम्बरकै पैसामा विदेश भ्रमण गर्ने, आफूखुशी बिल पेश गरी पैसा कुम्ल्याउने, दूतावासबाट प्राप्त सामग्री, डोनेसन लपक्कै पारेका छन् । 

चेम्बरले चीनमा हुने व्यापार मेलाहरुमा नेपाली कम्पनीलाई पठाउने गर्छ । विशेष गरी कुन्मिङ, सान्सी, ल्हासा, छङ्तुमा चुम्बर तथा नेपाल चीन एक्जिक्युटिभ काउन्सिलले फ्रि स्टल प्राप्त गरे पनि नेपाली कम्पनीहरुलाई चर्को मूल्यमा बिक्री गरिन्छ ।

कुन्मिङ एक्स्पो

फ्रि स्टल पाउने मेला हो । यसमा काउन्सिलले १०० बढी कम्पनीलाई पठाउने गरेको छ । नेपालको व्यापार प्रवद्र्धनका लागि चीन सरकारले दिएको फ्रि स्टललाई चर्को शुल्कमा बिक्री गर्दै आइरहेका छन् । काउन्सिलले उठाएको पैसा अनुपरञ्जन भट्टराई र राजेन्द्र नकर्मीले बाँडेर खाने गरेका छन्, जो नेपाल टेलिकमका पूर्वकर्मचारीमेत हुन् । 

यस वर्ष उद्योग वाणिज्य महासंघले फ्रिमा स्टल प्राप्त गरी चेम्बरलाई २५ वटा ४० हजारमा बिक्री गरेको र चेम्बरले ९० हजार तोकेको छ । जसमा १५ हजार धरौटी फिर्ता आउँछ भनेको छ । काउन्सिलले १०० वटा स्टल ६० हजारका दरले बेचेको छ । चेम्बरका अध्यक्षले उपहार, भ्रमण आदिको बिल बनाएर पैसा कुम्ल्याउने गरेका छन् । सात वर्षदेखिको यो धन्दा बन्द गरी फ्रि पाएको स्टल कम शुल्कमा सदुपयोग गर्न पाउनुपर्छ । 

नेपाल चीन उद्योग वाणिज्य संघले ल्हासामा तीनपटक व्यापार मेला आयोजना गरेको छ । हामीले २०१५ मा दुईपटक भाग लिएका छौं । जसबापत २० देखि ५० वटा कम्पनीले स्टलबापत डेढ लाख तिर्नुप¥यो । गत वर्ष पनि प्रत्येक स्टलको रु. २ लाख ८१ हजारको दरले एक सयवटा कम्पनीले तिरेको हो । त्यसबेला हामीलाई आयोजकले धेरै कर थोपरेर प्रतिरोध गर्दा थाहा भयो कि आयोजकले निःशुल्क पाएका रहेछन् । हामी दुई पैसा कमाउन लाखौं लगानी गरी जोखिम मोलेर व्यापार मेलामा जाने गर्दछौं ।
– पीडित व्यापारीहरू

टिप्पणीहरू