काठमाडौंमा राति ८ बजेपछि सवारी साधन चलाउन पाइने, अन्य निषेध कायमै

काठमाडौंमा राति ८ बजेपछि सवारी साधन चलाउन पाइने, अन्य निषेध कायमै

काठमाडौँ उपत्यकामा ८ बजेपछि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले भोलिदेखि लागू हुनेगरी राति ८ बजेपछि सवारी साधन चलाउन पाउने बताएको हो ।

तर सवारीसाधन चलाउँदा तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने आज काठमाडौं जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञामा उल्लेख छ ।

काठमाडौं उपत्यकामा जारी सीमित निषेधालाई भदौ १६ गतेसम्म लम्ब्याइएको छ । यसबीचमा पनि यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेष्टुरेण्ट, विद्यालय, शैक्षिक संस्थालगायत भीडभाड हुने स्थान र गतिविधिलाई यथावत राख्ने निर्णय भएको जनाइएको छ ।

टिप्पणीहरू