​स्मार्ट सिटीको चुनाव

काठमाडौं महानगरपालिकामा उठेका जम्मैजसो उम्मेदवारको साझा मुद्दा थियो – स्मार्ट सिटी बनाउने । काठमाडौंलाई जसरी हुन्छ स्मार्ट सिटी बनाउने । कसैले दुई वर्षमा बनाउने बचन दिएका छन्, कसैले सय दिनमै गर्ने प्रतिबद्धता पनि जनाएका छन् । भन्नाले निकट भविष्यमै काठमाडौं स्मार्ट सिटी बन्दै छ । 

तर काठमाडौंलाई स्मार्ट सिटी बनाउने योजनासहित आएका उम्मेदवारहरूसँग मतगणनालाई स्मार्ट बनाउने कुनै योजनाचाहिँ रहेनछ । अहिले हेर्नोस्, भविष्यको स्मार्ट सिटीमा चलिरहेको मतगणना । उम्मेदवारहरू जम्मै स्मार्ट छन् । तर मतगणना भने पटक्कै स्मार्ट छैन । यसरी ढिलो गणनाबाट आएका मेयरले कसरी फास्ट शहर बनाउँछन् होला हँ ? 

स्मार्ट सिटी बनाउने अठोटसाथ आएका उम्मेदवारहरू भएको चुनावको त यो हालत छ भने अरुतिरको हालत झन् के होला ? वास्तवमा हाम्रा उम्मेदवारहरू जनतालाई कतिसम्म झुक्याउने नारा लिएर आउँदा रहेछन् भन्ने कुरा यसैबाट थाहा हुन्न र ?

टिप्पणीहरू