​करिश्माको नो भोट

यो चुनावमा अरुलाई भन्दा नयाँ शक्तिलाई अलि नमज्जा लागेको हुनुपर्छ । किनभने उक्त पार्टीकी स्टार नेतृ करिश्मा मानन्धरले यसपाली भोटै हाल्न पाउनुभएन । कारण आफ्नै श्रीमान् विनोद मानन्धर । श्रीमान्ले भोटिङ कार्ड नै बनाइदिएको रहेन छ । जसले गर्दा उहाँले मतदाता कार्डसमेत निकाल्नसक्नु भएन । फलस्वरूप मतदान नै गर्न पाउनुभएन । 

अब करिश्मा मानन्धर जस्तो हिरोइनले नै मत हाल्न नपाएपछि यो मतदानको अर्थै के रह्यो र ? यो कुनै चुनावै रहेन । अब यसमा पनि पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईबाट कुनै वक्तव्य आउला कि ? किनभने यसमा षडयन्त्र पनि हुन सक्छ । षडयन्त्रमा नातागोता नहुने रहेछ । एक मतदाताको परिचय पत्र यसरी भद्रगोल पारिएको झोंकसहित एउटा नेपाल मण्डल ठोक्दिने हो कि ?

यसपालिको चुनावमा पूर्वराजा ज्ञानेन्द्रले मत हाल्नुभएन । साथसाथै श्रीमती करिश्मा मानन्धरले पनि हाल्न पाउनुभएन । अनौठो संयोग छ !

टिप्पणीहरू