इञ्जिनियर बन्न खोज्नेहरुको टाउकोमा कालोपट्टी

इञ्जिनियर बन्न खोज्नेहरुको टाउकोमा कालोपट्टी

काठमाडौंका विभिन्न इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले टाउकोमा कालोपट्टी बाँधेर पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थान, डिनको कार्यालयमा धर्ना दिएका छन् ।

सोअन्तर्गतका १५ वटा क्याम्पसका झण्डै ६० जना विद्यार्थीको समूहले परीक्षा शुल्कमा गरिएको वृद्धिको बिरोध गरेका हुन् । उनीहरुले पुरानो मूल्यमा पठनपाठन हुनुपर्ने माग गर्दै भदौ २८ गतेदेखि हुने परीक्षाको शुल्क समेत पुरानै दर कायम गर्न दबाब दिएका हुन् ।

उनीहरुले झण्डै ६ सय वटा परीक्षा फर्म पुरानै शुल्कमा दर्ता गर्न माग गर्दै डीनको कार्यालय अघिल्तिर प्रदर्शन गरेका हुन् ।

टिप्पणीहरू