नेपाली टोलीले ओमानमा त्रिकोणात्मक सिरिज खेल्ने

नेपाली टोलीले ओमानमा त्रिकोणात्मक सिरिज खेल्ने

आइसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान ओमान प्रस्थान गरेको छ ।

सेप्टेम्बरमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टुको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजकै लागि गत शनिबार घोषणा गरेको टोलीमा १७ जना खेलाडी र पाँच सदस्यीय पदाधिकारी रहेका छन् ।

१७ सदस्यीय नेपाली खेलाडीमा रोहितकुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् भने शरद भेषवाकर र विक्रम शोबले टोलीमा पुनरागमन गर्दा गुल्सन झाले राष्ट्रिय टोलीबाट पहिलो पटक भ्रमणको मौका पाएका छन् ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २/२ खेल खेल्ने छ । क्रिकोणात्मक सिरिज अघि नेपालले पपुवान्युगिनी (पिएनजी) सँग भदौ २० गते र भदौ २३ गरी दुई पटक एक दिवसीय खेल खेल्ने तालिका रहेको छ । आइसीसी विश्वकप क्रिकेट लिग टुमा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा अरुलाई सुम्पिएको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहँदा १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । नेपाल छैटौं स्थानमा रहेको छ भने पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।

टिप्पणीहरू