अफगानिस्तानमा राजनीतिक बबाल, भारतको बजार भाउमा उछाल

अफगानिस्तानमा राजनीतिक बबाल, भारतको बजार भाउमा उछाल

अफगानिस्तानमा भएको राजनीतिक उथलपुथलको सोझो असर भारतीय बजारमा देखिएको छ । तालिवानले गत सातादेखि अफगानिस्तानबाट हुँदै आएको निर्यातमा प्रतिबन्ध लगाएपछि भारतीय व्यापारी र उपभोक्ताहरु चिन्तित भएका हुन् । अहिले तालिवानी प्रतिबन्धको सबैभन्दा ठूलो असर भारतको ड्राइ फ्रुट्स बजारमा देखिएको छ ।

भारतमा उपभोग गरिने बदाम, किसमिस जस्ता ड्राइफ्रुट्सहरु लगभग ८० प्रतिशत अफगानिस्तानबाट आउने गर्छ । भारतीय सञ्चारमाध्यमका अनुसार गत सातादेखि त्यसको मूल्य उकालो लागेको छ । पछिल्लो एक हप्तामा भारतीय बजारमा ड्राइफ्रुट्स ४० प्रतिशतसम्म महँगो भएको छ । प्रतिकिलो २ सयदेखि ४ सय रुपैयाँसम्म बढेको बताइन्छ ।

भारतीय व्यापारीहरुको निर्यात संगठन महासंघका महासचिव अजय सहायका अनुसार ड्राइफ्रुट्स अफगानिस्तानबाट पाकिस्तान हुँदै भारत आउने गरेको थियो । तर, पछिल्ला दिनमा त्यहाँको राजनीतिक स्थिति खराब भएकाले त्यसको सोझो असर भारतमा परेको छ ।

टिप्पणीहरू