भारतमा तेस्रो लहर अक्टोबरदेखि : सतर्क हुन मोदीलाई आग्रह

भारतमा तेस्रो लहर अक्टोबरदेखि : सतर्क हुन मोदीलाई आग्रह

कोरोना महामारीको सम्भावित तेस्रो लहरलाई लिएर भारतको गृह मन्त्रालयअन्तर्गत एक समितिले प्रधानमन्त्री कार्यालय (पीएमओ) लाई बेलैमा सचेतना अपनाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन संस्थान (एनआईडीएम) अन्तर्गत गठित समितिले आगामी अक्टोबरमा संक्रमणको दर पुनः शिखरमा पुग्नसक्ने र यसबाट बालबालिकामा सबैभन्दा नराम्रो असर पर्ने चेतावनी दिएको हो ।

समितिले प्रधानमन्त्री कार्यालयलाई हालै बुझाएको प्रतिवेदनमा अस्पतालहरुलाई पूर्णतयारी अवस्थामा राख्न र मुलकभरका बालबालिकाको निम्ति थप चिकित्सा सुविधा,भेन्टिलेटर,डाक्टर,मेडिकल स्टाफ,एम्बुलेन्स,अक्सिजनको पूर्णव्यवस्था गर्न र तयारी हालतमा राख्न निर्देशन दिइएको छ ।

यस्तै तेस्रो लहरको धेरै असर बालबालिकासँगै युवाहरुमा समेत पर्ने प्रक्षेपण गरिएकाले प्रतिवेदनमा सबैलाई सावधानी अपनाउनु र जतिसक्दो छिटो धेरै संख्यामा बालबालिकालाई खोप लगाउनु पर्ने आवश्यकता औंल्याइएको छ ।

प्रतिवेदनअनुसार तेस्रो लहरले सेप्टेम्बरको अन्त्यसम्ममा प्रभाव देखाउन थाल्नेछ । तेस्रो लहरमा दैनिक ५ लाख भन्दा बढी संक्रमित देखिन सक्ने आँकलन गरिएको छ । यो पटक स्थिति दोस्रो लहरमाभन्दा थप गम्भीर हुन सक्ने समितिले बताएको छ ।

टिप्पणीहरू