कुलमान हटाउने मुध्दा प्रधानन्यायाधीशले नै हेर्दै

कुलमान हटाउने मुध्दा प्रधानन्यायाधीशले नै हेर्दै

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नै बेञ्चमा तोकेका छन् । पूर्ण इजलाशमा दोश्रो नम्बरमा राखेर सो मुध्दाको सुनुवाई हुन लागेको हो ।

कुलमानको नियुक्ति र आफूलाई हटाइएको बिषयलाई लिएर शाक्यले अघिल्लो सोमबार रिट दायर गरेका थिए । एक हप्तापछि आज सो मुध्दाको पेशी प्रधानन्यायाधीशकै इजलाशमा तोकिएको हो ।

यसअघि कुमार रेग्मीको इजलाशमा परेर हेर्न नभ्याएका कारण आजको लागि पेशी सरेको थियो । हितेन्द्रले दायर गरेको रिटमा कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

हितेन्द्रद्वारा दायर गरिएको रिटमा आफूले राजीनामा नदिएको,कुनै स्पष्टीकरण समेत नसोधिकन आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधानसम्मत आफ्नो अधिकार हनन भएको जिकिर गरेका छन् ।

टिप्पणीहरू