आज ‘शैक्षिक दलाल मुर्दावाद’ को कार्यक्रम

आज ‘शैक्षिक दलाल मुर्दावाद’ को कार्यक्रम

आज राजधानीमा विभिन्न संघ संस्था र राजनीतिक दलहरुले थरिथरिका कार्यक्रमको आयोजना गर्ने भएका छन् । कतै विरोध र कतै औपचारिक बैठक समेत बोलाइएको छ ।

त्यहि क्रममा आज बिहान ११ बजे पुल्चोक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक दलालहरुको अत्याचारविरुद्ध बृहत् प्रदर्शन गर्ने भएका छन् । विद्यार्थीहरुले संयुक्त रुपमा आयोजना गरिने कार्यक्रममा शैक्षिक विचौलियाहरुको बारेमा सबै कुरा छरपस्ट पार्ने भनिएको छ । उनीहरुले शैक्षिक दलाललाई मुर्दावाद भन्ने बताइएको छ ।

आज नेपाली काँग्रेस काठमाडौं क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ६ ले नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि अर्जुन दमाईको १३ औ पुण्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरेका छ । कार्यक्रम गोंगबुको स्काई पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सुरु भएको हो ।

नेपाली काँग्रेसको पार्टी कार्यालय, सानेपामा डेढ महिनादेखि भइरहेको धर्ना कार्यक्रम आज बिहान ९ बजेबाट सुरु भएको छ ।

साउनदेखि हुँदै आएको नेपाल टेलिकम, नेपाल वायुसेवा निगम र हवाई उड्डयन प्राधिकरणका कर्मचारीहरुको बिरोध कार्यक्रम आज पनि ती संस्थाको मुख्य कार्यालयमा बिहान १० बजेदेखि हुँदैछ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलको कार्यकक्षमा साउन २८ गतेदेख लगाइएको तालाबन्दी आज पनि जारी रहने आन्दोलनकारीहरुले जनाएका छन् ।

प्रमुख विपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक बोलाइएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवन, च्यासल, ललितपुरमा बिहान ११ बजे बैठक बोलाइएको पार्टीले जनाएको छ ।

आज दिउँसो १ बजे आदिवासी नेवा जागरण अभियान र सेभ नेपाल भ्यालीलेसमय फल्चा पुनःनिर्माण ऐक्यबद्धता कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अशोक स्तुपा, पुल्चोकमा हुने बताइएको छ ।

त्यसैगरी थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आज बिरोधसभा गर्ने बताएको छ । आजको कार्यक्रम दिउँसो ३ बजे बसन्तपुर डबलीमा हुने मोर्चाले जानकारी दिएको छ ।

उता, विभिन्न माग राखी विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर तह सामाजिक कार्य विभागका संयोजक शुक्रराज अधिकारीको कार्यकक्ष र प्रशासन शाखामा, नेपाल ल क्याम्सको डिनको कार्यालयमा र कालिमाटीस्थित काठमाडौ इञ्जिनियरङ क्याम्पसमको लेखा शाखामा लगाएको तालाबन्दीलाई आज पनि जारी राख्ने बताएका छन् ।

टिप्पणीहरू