पत्रकारमाथि आक्रमण नगर्न र धम्की नदिन महासंघ शाखाको आग्रह

पत्रकारमाथि आक्रमण नगर्न र धम्की नदिन महासंघ शाखाको आग्रह

अन्नपूर्ण पोष्ट, नागरिक दैनिकलगायतका सञ्चार माध्यममा प्रकाशित कर्णाली प्रदेश सरकारका कृषि, भूमि तथा सहकारी मन्त्री कुर्मराज शाही सम्बन्धी समाचारको विषयलाई लिएर सञ्चारकर्मीहरुमाथि दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघको कालिकोट र सुर्खेत शाखाले आपत्ति जनाएको छ ।

सुर्खेत र कालिकोट जिल्लाका पत्रकार महासंघ शाखाले निकालेको छुट्टाछुट्टै विज्ञप्तिमा बलात्कार आरोप शीर्षकको समाचारलाई लिएर मन्त्रीका स्वकीय सचिव प्रेमबहादुर बुढाले फोनमार्फत् र अन्यले सामाजिक संजालमार्फत् स्थानीय पत्रकार विष्णुप्रसाद न्यौपानेलाई धम्की दिएको घटनाप्रति आपत्ति जनाएका हुन् ।दुबै जिल्लाका महासंघले पत्रकारलाई भौतिक आक्रमण गर्ने, विभिन्न धम्की दिने, डरत्रास देखाएर आतंकित पार्ने गरेको सम्बन्धमा भत्सर्ना गर्दै समाचारको विषयमा चित्त नबुझे कानुनी कारबाहीको बाटो अपनाउन ध्यानाकर्षण गराएको छ ।पत्रकारमाथि भौतिक आक्रमणको चेतावनी दिइएको घटना लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लंघन भएको ठहर गर्दै महासंघले घटनाको सत्य.तथ्य छानबिन गरी पीडितको गोपनियतामा प्रतिकूल असर नपर्ने गरि पीडकलाई कानूनी कारबाही गर्न माग गरेको छ ।

टिप्पणीहरू