तार तह लगाउने कसले हो सरकार ?

तार तह लगाउने कसले हो सरकार ?

उपत्यकाको सौन्दर्यमा बाधक बनेका छन् लत्रिएका तार र अव्यवस्थित पोल । बत्ती, केबल, नेट र टेलिफोनका तार एउटै पोलमा जोडिएका छन् । तीव्र रूपले जनसंख्या बढेको छ । नयाँ प्रविधि प्रयोग गर्नेको संख्या पनि उकालो लाग्दै छ।

एउटै खम्बामा हजारौं तार जोडिएका छन् । तारको संख्या थेग्न नसकेर खम्बा ढल्केका छन् । फलामका तार खिया लागेर भाँचिन मात्र बाँकी छ । तैपनि टेलिकम, विद्युत् प्राधिकरण, सडक विभाग र महानगरले खम्बा फेर्नमा कुनै चासो देखाएका छैनन् ।

तार लत्रँदा मान्छेलाई करेन्ट लाग्ने सम्भावना धेरै हुन्छ । खम्बाबाट झरेको तार कुनै पनि बेला चुँडिन सक्छ । ०७३ सालपछि शेरबहादुर देउवाको सरकारमा सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत थिए ।

उनले सबै तार अण्डरग्राउण्ड गर्ने भनेर मन्त्रीस्तरीय निर्णय गरे । निर्णयसँगै उनी आफैँले शहरको तार काट्ने कामको थालनी गरे । लगत्तै केपी ओलीको सरकार आयो । सूचना तथा सञ्चारमन्त्री बनेका गोकुल बाँस्कोटाले तार व्यवस्थित गर्नेतिर कुनै चासो दिएनन् । काम गर्न खोज्दाखोज्दै आफ्नै बोलीले उनी सिद्धिए ।

केपी ओलीकै पालामा पटक पटक सूचनामन्त्री फेरिए तर कसैबाट पनि सोचेअनुरूप काम हुन सकेन । उपत्यका मात्र होइन, ७ वटै प्रदेश अव्यवस्थित तारका कारण अस्तव्यस्त बनेको छ । कुलमान ४ वर्ष विद्युत्मा रहँदा अलपत्र तारबारे के गरे ? अब सडक र तारको व्यवस्थापन गर्ने कसले हो ?

टिप्पणीहरू