अमेरिकालाई तालिवानको एक हप्ते अल्टिमेटम,बेलायत अझै विदेशी सेना राख्नुपर्ने अडानमा

अमेरिकालाई तालिवानको एक हप्ते अल्टिमेटम,बेलायत अझै विदेशी सेना राख्नुपर्ने अडानमा

तालिवानले अफगानिस्तानबाट आगामी एक साताभित्र आफ्ना सेना हटाउन अमेरिकालाई चेतावनीपूर्ण भाषामा अल्टिमेटम दिएको छ । उसले अगष्ट ३१ तारिखभित्र अमेरिकी सेनालाई अफगानिस्तान छाड्न भनेको हो ।

आज तालिवानी प्रवक्ता सुहेल साहिनले अगस्ट ३१ पछि पनि अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति रहेमा त्यसको गम्भीर परिणाम भोग्नु चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि नै आफ्ना सेना उक्त मितिसम्ममा अफगानिस्तानबाट बाहिरिने बताइसकेका छन् । अब पनि उक्त मिति तन्काउने हो भने त्यसको अर्थ अमेरिकी सेनाले फेरि अफगानिस्तानमा आफ्नो कब्जा जमाएको ठहर्नेछ । त्यसो गरियो भने गम्भीर परिणाम भोग्नुपर्नेछ ।

उता,बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अगस्त ३१ पछि पनि अफगानिस्तानमा सेना राख्न आग्रह गर्ने उद्देश्यले भोलि जी सेभेनको आपतकालीन बैठक बोलाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू