पुलिससङ्ग मिलेर पत्रकारले पत्रकार फसाए « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

पुलिससङ्ग मिलेर पत्रकारले पत्रकार फसाए

प्रकाशित मिति :  ७ भाद्र २०७८, सोमबार १८:००


रौतहटमा पत्रकार फसाउन पत्रकार नै लागेको पुस्टि भएको छ । आजतक नेपाल अनलाइन सन्चालक सन्जय सहनीले रौतहट एक्स्प्रेस अनलाइन सन्चालक मोहम्मद मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलनमार्फत रौतहट प्रहरीले जानकारी दिएको छ ।

गत साउन ३२ गते लागु औषध नाईट्राभेट ट्याबलेट १०५ थान मोटरसाइकलमा राखिएको अवस्थामा प्रहरीद्वारा मोजिबुल्लाह र शेख अतिउल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटको सह-सचिवसमेत रहेका संजय सहनीद्वारा जिल्ला रौतहट माधवनारायण न.पा.वडा नं. १ बस्ने वर्ष २४ को धिरज यादव र जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं.१ बहुअर्वा बस्ने वर्ष २३ को जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने बि आर ३० एस १८८७ नम्बरको मोटरसाइकलमा राख्न लगाई प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।सहनीले लागु औषध नाइट्रभेट राख्न धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरेर आफ्नै सहकर्मी फसाउने षड्यन्त्र आजतक नेपाल अनलाइनको अफिसमा बसेर बनाएको र आफैले लागुऔषध ल्याएर मोजिबुल्लाहको मोटरसाइकलमा राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

अपराधिक षडयन्त्र लागु औषध मुद्धामा सम्मानित जिल्ला अदालतबाट दिन ०७ को मिलान म्याद लिई तथा गैरव्यवसायिक कार्य गर्ने असई उदयप्रसाद यादव र प्र.ज.मनोज साह कानुलाई निलम्बन गरी संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आफ्नै सहकर्मी फसाउन खोज्ने सहनीको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !