किचलो सकिएकै हो त कमरेड ?

किचलो सकिएकै हो त कमरेड ?

नेकपा एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीमा आन्तरिक किचलो सकिएको बताउनुभएको छ । उहाँले पार्टीलाई आन्तरिक रुपमा मजबुत र व्यवस्थित बनाउन भोलि बिहान ११ बजे स्थायी समितिको बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

बैठक मंगलबार तुल्सीलाल स्मृति प्रतिष्ठान,च्यासल ललितपुरमा बोलाइएको हो । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नेकपा एकीकृत समाजवादी दल गठनको प्रक्रिया अघि बढाएपछि अलमलमा रहेका उहाँ निकट दोस्रो पुस्ताका नेताहरुले १० बुँदे समझदारीलाई देखाउँदै संस्थापन पक्षमा बस्ने भनेपछि तामाङको उक्त धारणा बाहिर आएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सम्पूर्ण एमालेपंक्ति अब कुनै फुटपरस्त गतिविधिमा नलाग्न अनुरोध गर्दछु । पार्टीको आन्तरिक एकताको पक्षमा उभिएर सम्पूर्ण कार्यकर्ता पंक्तिमा खुशीको सञ्चार दिन सफल सम्पूर्ण नेतागणमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

टिप्पणीहरू