राजदूत त्यसपछि राजधानीतिर

भारतीय राजदूत मञ्जित सिंहले पहिलो देश दौडाहा गरेका छन् चुनावको मुखमा । दुई दिन जनकपुरमा बिताउँदा पूजा अर्चनासमेत सकी शनिबार साँझ काठमाडौं फर्किएका हुन् । त्यसक्रममा उनले अभिनन्दन खाए, अन्तरक्रिया पनि भ्याए । मधेसी नेता र एनजिओ, आइएनजीओका प्रतिनिधिहरू पनि थुप्रैलाई भेटे । अड्डा थियो, सीता प्यालेस होटल ।

मधेसी नेताहरूले त्यसबेला अरुतिर चुनाव भएर मधेशमा मात्र नहुँदा राम्रो सन्देश जाँदैन भने । नभन्दै पहिलो चरणको चुनावले मधेशमा दबाव बढाएको छ । विराटनगर, लहानतिरका मधेसी नेताहरूको पनि वैशाख ३१ गतेको चुनावपछि बोली फेरिएको छ । सिंहले चुनावमा भाग लिँदा के हुन्छ र नलिनु पर्ने कारण के ? भनेर मधेसीहरूसँग जिज्ञासा राखे । मधेसमा चीनका गतिविधिबारे पनि बुझ्न चाहे ।

एनजीओ÷आइएनजीओमार्फत् चीन कत्तिको सक्रिय छ, लुम्बिनीसम्म रेल ल्याउनेजस्ता विकास परियोजनाको कस्तो प्रभाव रहन्छ, प्रतिक्रिया के आउँछ पनि सोधे । मधेसीहरूले हामी त सँधै भारतकै भर परेका छौं । जे भए पनि पुरानो मित्र हो नि भन्दै चुनाव हुनुपर्छ भन्ने कुरामा जोड दिए । क्याम्पसका लेक्चरर, प्रोफेसरहरूलाई पनि राजदूतले भेटेर फर्किएका छन् । 

टिप्पणीहरू