नयाँ दिल्लीमा अफगान नागरिकको प्रदर्शन

नयाँ दिल्लीमा अफगान नागरिकको प्रदर्शन

भारतको राजधानी नयाँ दिल्लीमा अफगान नागरिकहरुले प्रदर्शन गरेका छन् । भारतस्थित अफगानीशरणार्थीहरुले शरणार्थी परिचयपत्रको माग गर्दै नयाँ दिल्लीको वसन्त बिहारस्थित राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चआयोग सामुन्ने प्रदर्शन गरेका हुन् ।

लामो समयदेखि भारतमा बस्दै आएका सयौं अफगानले आज प्रदर्शन गरेका हुन् । भारतमा नागरिकता पाउने सम्भावना नभएको र अफगानिस्तानको अवस्था खराब हुँदै गएपछि उनीहरुले शरणार्थी परिचयपत्रको माग गरेका हुन् ।उक्त परिचयपत्रको आधारमा विश्वका अन्य देशमा जान र नागरिकता प्राप्त गर्न सजिलो हुने भएपछि उनीहरुले राष्ट्रसंघीय उच्चआयोगमा प्रदर्शन गरेका हुन् ।

टिप्पणीहरू