​जात भए जिन्दावाद

एक जना प्राविधिक सह–सचिवलाई जसरी पनि सेवा समूह परिवर्तन गरेर सचिव बनाउन बेला–बेला क्याबिनेटमा लडाईं पर्ने देश हो यो । आफ्नो बुताले नभ्याएपछि मुख्यसचिव सोमलाल सुवेदीले लोकसेवासँग गुहार मागेका छन् । ‘म त अड्न सकिन, थेग्न गाह्रो प¥यो, कुटुँला, मारौंला झैं गरे मन्त्रीहरुले’ भन्दै उनले लोकसेवालाई एउटा पत्र लेखेका छन् । यता एक व्यक्तिको उत्थानका निम्ति मन्त्रीहरूको लविङ जारी छ ।

रामआधार साहलाई प्रशासनतर्फ ल्याएर सचिव नबनाई नछाड्ने कसम नै खाएजस्तो गर्दैछन् उनीहरू । साह तिनै व्यक्ति हुन् जसले भूकम्पको बेला पेट्रोल पम्पहरूमा नयाँ प्रविधि जडान गराएर सर्वसाधारण ठगेको आरोपमा निलम्बन र प्रहरी हिरासत झेलिसकेका छन् । अहिले विज्ञान प्रविधि मन्त्रालयमा छन्, त्यो भनेको प्राविधिक मन्त्रालय हो । मन्त्रीहरुलाई त्यहीं राख्नु भन्दा पनि मान्दैनन् । उनलाई प्रशासनतर्फ ल्याएर सचिव बनाउने खेल अति चर्को छ । उता, लोकसेवामा रङ, भेग, समुदाय हेरिने खतरा छ । त्यहाँ ७ जनामध्ये ३ जना मधेसी मूलका आयुक्त छन्, अलग–अलग पार्टीबाट आएका । उनीहरूले एक मुख लागेर रामआधारलाई यता सार्नैपर्छ, प्रशासनमा ल्याउनैपर्छ भन्ने लक्षण छ ।

अशोक झा, ब्रम्हदेव राय, कृष्णचन्द्र रायहरू त्यता लाग्ने देखिन्छ । बाँकी अध्यक्ष उमेश मैनाली, बृन्दा हाडा, गोविन्द कुसुम र श्रीपुरुष ढकालले के गर्छन् भन्न सकिँदैन । यो बीच चुनावका कारण प्रक्रिया अघि नबढेको भए पनि क्याबिनेटबाट पत्र गएको छ । यो असारसम्मका लागि सबैतिर पदपूर्ति भइसकेको छ । सचिव रिक्त छैनन्, तर खाली ठाउँ भए त्यसमै नत्र नयाँ दरबन्दी सिर्जना गरेर भए पनि उनलाई ल्याउनुपर्छ भनेर मन्त्रीहरू कस्सिइरहेका छन् ।

टिप्पणीहरू