तीन नेता तीनतिर,अफगान जनतालाई सँधै पीर

तीन नेता तीनतिर,अफगान जनतालाई सँधै पीर

झण्डै ५० वर्ष अघिसम्म शान्त र तुलनात्मक रुपमा समुन्नत समाजको पर्यायवाची रहेको अफगानिस्तान दशकौंदेखि राजनीतिक अशान्ति र चरम गरिबीको चपेटामा छ । पछिल्लो दुई दशकमा तालिवानको अन्त पश्चातको थोरै आशा गत सातादेखि निराशामा परिणत भएको छ ।

अमेरिकी र नेटो सैनिक फगानिस्तानबाट पूर्ण रुपमा नहट्दै काबुलमा अघिल्लो साता तालिबानका लडाकुहरु सजिलैसँग छिरे । राष्ट्रपति भवन सजिलैसँग कब्जामा लिए । अन्य सरकारी निकायलाई विना कठिनाई आफ्नो नियन्त्रणमा लिए । त्यसभन्दा केही घण्टाअघि राष्ट्रपति असरफ घानी भागेर अज्ञात मुलुक पुगेका थिए ।

अहिले भागेर संयुक्त अरब इमिरेट्स पुगेका राष्ट्रपति घानी, अमेरिकास्थित अफगान राजदूत जाल्मी खलिल्जाद र तालिवान नेता शेर मोहम्मद अब्बासबीच अचम्मको संयोग हुन आएको छ । उनीहरु तीनै जनालाई सन् १९५० को दशकमा अमेरिकाले छात्रवृत्तिमा पढाएको थियो । उनीहरुले सन् १९५७ मा अमेरिकामा छात्रवृत्तिमा अध्ययन गरेका हुन् । त्यतिबेला तीनै जनालाई अमेरिकाले एउटै आँखाले हेर्थ्यो ।

अहिले अमेरिकामा पढेका तीन जनामध्ये घानी निर्वासित राष्ट्रपति भएका छन् । खलिलजाद अमेरिकामा राजदूत नै छन् । यता शेर मोहम्मद चाहिँ मुलुकको नयाँ राष्ट्रपति बन्ने अवस्थामा पुगेका छन् ।

टिप्पणीहरू