अध्यक्षलाई कालोमोसो,भौतिक कारबाहीको घोषणा « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

अध्यक्षलाई कालोमोसो,भौतिक कारबाहीको घोषणा

प्रकाशित मिति :  ७ भाद्र २०७८, सोमबार १०:३०


पशुपति बहुमुखी क्याम्पस, चाबहिलका तत्कालीन अध्यक्ष विष्णु पन्तलाई अखिल क्रान्तिकारीले कालोमोसो दलेर भौतिक कारबाही गरेको छ ।

पन्तले क्याम्पसको अध्यक्ष छँदा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको, क्याम्पसलाई राजनीतिक भर्तिकेन्द्र बनाएको र कर्मचारी पदपूर्तिमा नातावाद,कृपावाद देखाएकाले आज अखिल (क्रान्तिकारी) पशुपति क्याम्पस इकाइ समितिले साङ्केतिक रुपमा कालोमोसो दलेर भौतिक कारबाही गरेको बताएको छ ।

कालोमोसो दल्दै क्रान्तिकारीले भनेको छ,‘यस्ता धमिराहरु कसैलाई पनि छाडिने छैन ।’
जनताको सम्पत्ति खाने धमिराहरुको हविगत योभन्दा भयानक हुने चेतावनी दिँदै भनिएको छ,‘राज्य छ भने छानबिन गरियोस्,अन्यथा विद्यार्थी जाग्नेछन् ।’

पन्तलाई सामाजिक बहिष्कारको आह्वान गर्दै अखिल क्रान्तिकारीले उनले विभिन्न शीर्षकमा केही विद्यार्थी संगठन र केही कर्मचारीलाई घुस खुवाई लाखौं रुपैयाँ घोटाला गरेको आरोप लगाएको छ ।

त्यसैगरी क्याम्पससभाले विश्वविद्यालयको विधान विपरित गर्न खोजेको, क्याम्पसभित्र अत्यधिक नातावाद हाबी गराइएको र करोडौं घोटालापछि राजीनामा दिएर भाग्न खोजेकाले कालोमोसो दलिएको क्रान्तिकारीको दाबी छ ।

उसले भनेको छ, ‘लेखापरीक्षण प्रतिवेदन,आर्थिक छानबिन प्रतिवेदन सार्वजनिक गरिएन । करोडौं घोटाला गरेकालाई बचाउन खोजेर सामुदायिक क्याम्पसलाई धराशायी बनाइयो ।’


प्रतिक्रिया दिनुहोस !