आफ्नो र पराइ,५ जना तान्ने त्यत्ति नै फाल्ने

आफ्नो र पराइ,५ जना तान्ने त्यत्ति नै फाल्ने

अर्थ मन्त्रालयको नेतृत्व परिवर्तनसँगै राजश्व र भन्सार विभाग तारो बनेका छन् । राजश्वको डिजी झक्कप्रसाद आचार्यलाई झिकिएको छ । तर, कता राखे ठेगान नभएपछि उनलाई मन्त्रालयमा हाजिर गर्न मात्र दिइएको छ । यसको सोझो अर्थ अब उनको सरुवा अर्थ मन्त्रालयभन्दा बाहिर हुने पक्का हो ।

यसैगरी भन्सारका डिजी यमलाल भुसाललाई पनि पनि त्यसै गरिएको छ । अहिले सञ्चार लगायत विभिन्न मन्त्रालयबाट तानेर पाँच जना सहसचिवलाई अर्थ मन्त्रालय मातहत ल्याइएको छ ।

त्यसो गरेपछि अब अर्थमा रहेका यसअघिका पाँच जनालाई अन्यत्र पठाउनै पर्ने हुन्छ । सामान्य प्रशासन मन्त्रालयमा मन्त्री नभएर उनीहरुको सरुवा रोकिएको बताइन्छ ।

स्रोत भन्छ, ‘आफू अनुकूलका बाहिरबाट पाँच जना ल्याइयो । प्रतिकूल भनिएका पाँच जनालाई निकाला गरिनेछ । धपाइने बाँकी तीन जनाको खोजी भइरहेको छ ।’

अहिले यामलाल एमालेका होइनन् भन्न थालिएको छ । यसअघि सचिव युवराज भुसालका नातेदार भन्ने जान्दाजान्दै पनि भन्सारमा पठाइएको थियो । यामलाललाई राजनीतिक भन्दा पनि कार्यक्षमता कमजोर भएकाले फिर्ता गरिएको बताइएको छ ।

अब सरुवा नहुने सहसचिवको सूचिमा सुमन दाहाल पनि परेका छन् । उनलाई बजेटबाट झिकेर अर्को महाशाखामा राखिएकाले त्यहिँ थमौती हुने पक्का रहेको बताइन्छ ।

अर्का सहसचिव दीर्घ मैनाली ओलीको मान्छे भनेर हिट लिष्टमा नै परेका छन् । उनलाई राजश्व अनुसन्धानबाट झिकेर अर्थ मन्त्रालयको वित्तीय क्षेत्रको जिम्मेवारी दिएर राखिएको छ । मैनाली ओलीको मान्छे भए पनि नयाँ अवस्थामा सेटिङ मिलाएर अर्थमै बस्ने चाँजोपाँजो मिलाएको भन्न थालिएको छ ।

टिप्पणीहरू