पूर्वराष्ट्रपति यादव भारतीय सीमावर्ती बजार दरभंगामा « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

पूर्वराष्ट्रपति यादव भारतीय सीमावर्ती बजार दरभंगामा

प्रकाशित मिति :  ७ भाद्र २०७८, सोमबार १२:३०


पूर्वराष्ट्रपति डा. रामवरण यादव भारतीय सीमावर्ती बजार दरभंगा नजिकैको माधवपुर,कर्बा गाउँ पुग्नुभएको छ । उहाँ बुधबार साँझ दरभंगाबाट नेपाल फर्कने क्रममा उक्त गाउँ छिर्नुभएको हो ।

करिब एक घण्टा गाउँमा रहेका केही नातेदारसँग भलाकुसारी गर्नुुभएका यादवलाई गाउँलेले ठूलो स्वागत गरेको बताइन्छ । उनीहरुले परम्परागत तवरले पूर्व राष्ट्रपति यादवलाई आगावस्त्र र मिथिला रीतअनुसार स्वागत गरेका थिए ।

उहाँ छोरा मोहन यादवलाई नयाँ दिल्ली पठाउनको लागि जनकपुरबाट दरभंगा पुर्याएर फर्कनुभएको बताइएको छ ।

https://fb.watch/7ym6MNAwmU/


प्रतिक्रिया दिनुहोस !