रोपाईं जात्रालाई औपचारिकतामा सिमित गर्न उर्दी

रोपाईं जात्रालाई औपचारिकतामा सिमित गर्न उर्दी

कोरोना महामारीलाई ध्यानमा राखेर बौध्दनाथ क्षेत्र विकास समितिले यो वर्षको रोपाईं जात्रालाई औपचारिकतामा सिमित गर्न निर्देशन गरेको छ । समितिको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्डको पालना गर्ने गरी मृतकको घरबाट दुई जना रोपार लाठे एवम् अर्को दुई जना मात्र स्वयमसेवक सहभागी भएर बौध्द स्तुपा परिक्रमा गर्न अनुरोध गरेको हो ।

रोपाईं जात्रा भोलि मंगलबार दिउँसो ३ बजे अजिमा स्थान अगाडि हुने जनाइएको छ । त्यसैगरी आज सोमबार मनाइने दिङदिङ नाकङि जात्राको क्रममा बौध्द परिसरमा दिउँसो ३ बजेदेखि ६ बजेसम्म प्रवेश निषेध हुने बताइएको छ । यो पर्व नानी, बाबुहरुको निरोगिताको कामना गर्दै मनाइन्छ ।

मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म बौध्द परिसरमा धर्मावलम्बी र सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको छ ।

जात्रामा मृतकका घरहरुबाट सजिएर आउने रोपार,लाठे, गोरुहल,झाँकीहरुलाई स्वास्थ्य मापदण्ड पालना हुने गरी उभिन र परिक्रमा गर्न भनिएको छ । त्यसैगरी मृतकका घरहरुबाट आउने स्वयमसेवीलाई घरको छेउछाउ रहेर अवलोकन गर्न अनुरोध गरिएको छ ।

त्यस्ता स्वयमसेवकहरुलाई मूलगेटमा पास लिएर मात्र बौध्द परिसरभित्र प्रवेश गर्न पनि समितिले सबैलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू