​सयपछि बिहे

ब्राजिलका १०६ वर्षीया वृद्धाले जीवनमै पहिलोपटक बिहे गरेकी छन् । पिरासुनुन्गा निवासी भाल्डेमिरा रोड्रिगेज डे ओलिभियराले ६६ वर्षीय एपारेसिडो डियास ज्याकोबसँग बिहे गरेकी छन् । दुवैको यो पहिलो विवाह हो । तीन वर्षअघि उनीहरूको भेट नोसा सेनेहोरा फातिमा वृद्धाश्रममा भएको थियो ।

ज्याकोबले पहिलो भेटमै भाल्डेमिरालाई मन पराएको बताए । पत्नी बनेकी भाल्डेमिरा उमेरमा आफूभन्दा धेरै जेठी भएकोमा थोरै अप्ठेरो लाग्ने गरेको भए पनि साह्रै प्रेमल भएको उनको भनाइ थियो । बिहेमा १ सय ५० जना पाहुनाको सहभागिता थियो । 

टिप्पणीहरू