​पाँचवर्षे रजस्वला

प्रायः महिलाको महिनावारी तीन दिनदेखि एक हप्तासम्म हुने गर्छ । तर, अस्ट्रेलियाको पर्थ निवासी १४ वर्षीया क्लो क्रिस्टोसको पहिलोपटक महिनावारी भयो र पाँच वर्षसम्म चल्यो । चिकित्सकका अनुसार क्लोलाई भोन विलेब्रान्ड भन्ने रोग लागेकाले महिनावारी नरोकेको हो । उक्त रोग लाग्ने व्यक्तिले रगत जम्ने शक्ति नै गुमाइसकेका हुन्छन्, त्यसैले रगत बगेको बग्यै हुन्छ ।

दिनमा आधा लिटर रक्तश्राव हुन थालेपछि क्लो निकै निर्बल बनिन् । अन्त्यमा हिमोफिलियाबाट ग्रस्त पुरुषबाट गर्ने उपचार उनको निम्ति वरदान बन्यो । उनको महिनावारी रोक्न चिकित्सक सफल भए । 

टिप्पणीहरू