ढल्केबर सब–स्टेशनबाट तामाको तार चोर्दाचोर्दै पक्राउ

ढल्केबर सब–स्टेशनबाट तामाको तार चोर्दाचोर्दै पक्राउ

धनुषास्थित विध्युत प्राधिकरणको ढल्केवर सब–स्टेशनबाट तामाको तार चोरेर किनबेच गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिथिला-७ बस्ने महोत्तरीको बर्दिवास-१२ घर भएका ३७ वर्षीय नथु भन्ने मनिराज परियार र मिथिला-६ बस्ने ढल्केबरस्थित एमके मेटल स्टोरका सन्चालक ६९ वर्षीय नन्दकिशोर ताम्राकार रहेका छन् ।

विद्युत प्रसारण निर्देशनालय ढल्केबर सब–स्टेशन परिसरमा ४०० केभी नेपाल–भारत विद्युत् व्यापार आयोजनाको स्टोर गरेर राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट मनिराजले तार चोरेका थिए । ह्याक्सो ब्लेडले तार काटिरहेको अवस्थामा सुरक्षा गार्डले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

परियारले तार चोरी गरी एमके मेटल स्टोरमा बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ । ‘एम के मेटल स्टोर’ तलासी गर्दा प्रहरीले ३ लाख रुपैयाँ मूल्य बराबरको झन्डै २८६ केजी नाङगो तामाको तार फेला परेको छ । ओरोपीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू