अवैध लागुऔषधसहित २ पक्राउ

अवैध लागुऔषधसहित २ पक्राउ

खोटाङमा घरमा लुकाइराखेको गाँजासहित एक जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ-७ कार्तिकेका ५६ वर्षीय मगम राई १५ केजी गाँजासहित आज बिहान पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा प्रहरीले उनको घर खानतलास गर्दा लुकाइराखेको गाँजासहित उनी पक्राउ परेका हुन् ।

यता, बाग्लुङ्गमा पनि लागुऔशधसहित एक जना समातिएका छन् । जलजला गाउँपालिका-३ वारीबेनी डेरा गरी बस्ने बाग्लुङ-१० भकुण्डे घर भएका २४ वर्षीय नरेन्द्र किसनलाई प्रहरीले लागुऔषधसहित आज पक्राउ गरेको हो । मल्लाज चोकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी चौकी वारीबेनीबाट खटिएको प्रहरीले उनको चेकजाँच गरेको थियो । चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू